
काठमाडौं । अग्नि लजिस्टिक्सले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १३ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ ।
गत आवमा १६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा १५ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा १५ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा १७ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
चालु आवको ६ महिनाको अवधिमा ६० प्रतिशतले व्यापार वृद्धि भएको कम्पनीले जनाएको छ ।
सन् २०१८ मा स्थापना भएको कम्पनीले लजिस्टिक र वेयरहाउजिङको सेवा दिँदै आएको छ । कम्पनीले दैनिक ५ हजार ८ सय ७५ क्यूबिक मिटरको क्षमतामा वेयरहास सञ्चालन गर्दै आएको छ ।
अग्नि ग्रुपद्वारा सञ्चालित कम्पनीले वेयरहाउजिङ र लजिस्टिक सेवाहरुबाहेक व्यवसायिक क्षेत्रहरु विस्तार गर्दै खरिद परामर्शदाताको रुपमा पनि काम गरिरहेको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई विभिन्न सामग्रीहरु आयात प्रक्रिया सहज बनाउनका लागि परामर्शदाताहरुको सेवा दिँदै आएको हो ।
चार स्थानमा कम्पनीको वेयरहाउस छन् । कम्पनीले काठमाडौं, भैरहवा, इटहरी र हेटौंडाबाट वेयरहाउसको सेवा दिँदै आएको हो । हेटौंडाको वेयरहाउस सन् २०२५ को जुलाईबाट सञ्चालनमा ल्याएको थियो ।
कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब २६ करोड रुपैयाँको रेटिङ गराएको छ ।





प्रतिक्रिया