नेपाल मोबाइल ब्यवसायी महासंघमा नयाँ नेतृत्व चुनिँदै

70
Shares

काठमाडौं । नेपाल मोबाइल ब्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाचौं साधारणसभा आगामी जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले महाधिवेशन बारे जानकारी दिएको हो ।

महाधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ ।

महासंघका अध्यक्ष भरत भट्टराईले महाधिवेशनमा सहभागी हुन देशभरबाट १५ सय प्रतिनिधि काठमाडौं आउने क्रममा रहेको जानकारी दिए । राष्ट्रिय सभा गृहमा हुने महाधिवेशनमार्फत आगामी नयाँ नेतृत्व चयन हुने भट्टराईले बताए ।

महासंघका महासचिव सन्तोष घिमिरेले महासंघको देशका ७ प्रदेश र ७० जिल्लामा शाखा विस्तार भइसकेको बताए । घिमिरेका अनुसार देशभर महासंघमा आबद्ध २७ हजार ४०० साधारण सदस्य छन् ।

महाधिवेशनबाट कुल ५५ सदस्यिय केन्द्रीय कार्यसमिति चयन हुनेछ । पदाधिकारीकारी तर्फ विधान अनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १ , ७ उपाध्यक्ष (खुला), महासचिव १, कोषाध्यक्ष १, सचिव ४ मध्ये ३ खुला र १ महिला र सहकोषाध्यक्ष १ निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी केन्द्रीय सदस्य प्रत्येक प्रदेशबाट २ को दरले कुल १४ जना, संस्थापक संस्था १४ वटाको तर्फबाट १/१ गरि कुल १४ जना, बागमती प्रदेशबाट थप ५ जना, अध्यक्षद्वारा मनोनीत ५ जना (समावेशीताका आधारमा) कार्यसमितिमा रहने व्यवस्था छ ।

महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा जेठ २ गते ९ बजे उद्घाटन हुनेछ । यस्तै त्यसअघि नै अघिल्लि दिन जेठ १ गते, ह्वाइट पार्टी प्यालेस कौशलटारमा बन्दसत्र विहान ९ बजेबाट सुरु हुनेछ ।