
एजेन्सी । अमेरिकास्थित चिनियाँ दूतावासले चीन–अमेरिका सम्बन्धका प्रमुख संवेदनशील मुद्दाहरूमा आफ्नो अडान पुनः दोहोर्याउँदै मे १३ देखि १५ सम्म हुने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चीन भ्रमणका क्रममा केही निश्चित विषयहरू चारवटा लक्ष्मणरेखा भएको र तिनलाई नाघ्न नहुने बताएको छ ।
एक्समा एउटा पोस्ट गर्दै दूतावासले भन्यो, ‘चीन–अमेरिका सम्बन्धका चारवटा लक्ष्मणरेखालाई चुनौती दिनु हुँदैन ।’
पोस्टसँगै संलग्न एक तस्बिरमा दूतावासले ती रेखाहरूलाई ताइवानको मुद्दा, लोकतन्त्र र मानवअधिकार, मार्ग र राजनीतिक प्रणाली र चीनको विकासको अधिकारका रूपमा उल्लेख गरेको छ ।








प्रतिक्रिया