
काठमाडौं । सरकारले बाली तथा पशुधन बिमाको दायरा विस्तार गरी भुक्तानी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गर्ने घोषणा गरेको छ ।
सोमबार संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेले यस्तो उल्लेख गरेका हुन् ।
‘साना किसानका लागि बाली तथा पशुधन बिमाको दायरा विस्तार गरी बिमालेख जारी, प्रिमियम शुल्क र अनुदान भुक्तानी तथा बिमा दाबी प्रक्रियालाई डिजिटल प्रणालीमा आवद्ध गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।





प्रतिक्रिया