
काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने भएको छ । टेलिकमले ग्राहकले प्रयोग गरिरहेको सिमलाईसमेत अनलाईनबाटै ई सिम बनाउन सकिने सुविधा दिएको छ ।
टेलिकमले नयाँ ई–सिम लिन व्यक्ति स्वयं उपस्थित भएर नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हटाएर अनलाइनबाटै लिन सकिने गरी सहजीकरण गरेको जानकारी दिएको छ ।
नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np लगइन गरी त्यहाँ रहेको Get New Prepaid eSIM मा क्लिक गरे पश्चात दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ ।
वालेट तथा क्यूआर कोडमार्फत रकम भुक्तानी गरे पश्चात ई–सिमको क्यूआर कोड उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । उक्त क्यूआर कोड स्क्यान गरी आफ्नो मोबाइल सेटको सेटिङमार्फत ई–सिम सक्रिय गर्न सकिने पनि टेलिकमले जानकारी दिएको छ ।
esim.ntc.net.np लगइन गरेर हाल नयाँ प्रिपेड ई–सिम लिन सकिने सुविधा थप गरिएको टेलिकमले जानकारी दिएको छ । ग्राहकले प्रयोग गरिरहेको सिमलाई अनलाइनमार्फत ई–सिम बनाउन सकिने सुविधा पनि टेलिकमले दिएको छ ।
नयाँ फिजिकल सिम लिनका लागि आवश्यक फारम भर्न र ग्राहक विवरण अर्थात केवाईसी दर्ता गर्न वा अद्यावधिक गर्नका लागि आवश्यक अनलाइन केवाईसी भर्न सकिने सुविधा पनि दिएको टेलिकमका सहप्रवक्ता प्रक्षेत थापा क्षेत्रीले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।






प्रतिक्रिया