
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर तथा देशैभर बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएको कम्पनीले जनाएको छ ।
गत सोमबार र मंगलबार कम्पनीले केन्द्रीय कार्यालयमा नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
आरबी डायग्नोस्टिक मार्फत गरिएको स्वास्थ्य परीक्षणका क्रममा इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलस्ट्रोल, यूरिक एसिड लगायतका नि:शुल्क चेकजाँच तथा विज्ञ डाक्टरबाट नि:शुक्ल परामर्श सुविधा दिइएको थियो।
यससँगै कम्पनीले देशभरका ७ वटै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ।
कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५, जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौँमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३, भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको कम्पनीले जनाएको छ ।





प्रतिक्रिया