
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत समूहको सदस्यतर्फको मतगणना सकिएको छ । महासंघको मंगलबार भएको निर्वाचनमा वस्तुगत समूहतर्फ २६ जना उमेदवारमध्येबाट १३ जना विजयी भएका छन् ।
विजयी हुने उमेदवारहरुमा ७० मतका साथ अरनिको राजभण्डारी, ५२ मतका नानिराज घिमिरे, ६२ मतका साथ पशुपति देव पाण्डे, ६८ मतका साथ विदुर धमला, ५६ मतका साथ भक्त बहादुर हमाल, ६६ मतकासाथ रविन पुरी, ६३ मतका साथ राजकुमार कार्की, ६२ मतका साथ लिलेन्द्र प्रधान, ५१ मतका साथ संघर्ष विष्ट, ६८ मतका साथ सागर ढकाल र ५१ मतका साथ होम प्रसाद घिमिरेले जितेका छन् ।
४ जनाको भने मत बराबरी (५०-५० मत )भएका कारण चिठा प्रणालीबाट मत घोषणा गरिने भएको छ । चिठा प्रणालीमा गएका सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउने छन् । यी मध्येबाट दुई जनाले जित्ने छन् ।
वस्तुगत समूहका २ महिला सदस्यहरुमध्ये सुनिता न्हेम्हाफुकीले ५४ मत पाएर विजयी भएकी छन । महिला सदस्यमा प्रतिस्पर्धा गर्ने अर्का सदस्य कमला श्रेष्ठले ४८ मत पाएकी छन् ।









प्रतिक्रिया