३४.६३ अंकले घटेर नेप्से २७०४ बिन्दुमा, कारोबार रकम ४ अर्ब २६ करोडमा खुम्चियो

77
Shares

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.६३ अंकले घटेर २७०४.०८ बिन्दुमा खुम्चिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा ५.७३ अंकको गिरावट आएको थियो । त्यसअघि बुधबार नेप्सेमा २५.८१ अंकको गिरावट आउँदा मंगलबार २६ अंकले संकुचित बनेको थियो ।

आज नेप्सेमा कुल ४ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत साताको बिहीबार भने नेप्सेमा कुल ४ अर्ब ८२ करोड माथिको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये २७ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको घटेको छ । यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।