
काठमाडौं । एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकबाट पूर्व–स्वीकृति प्राप्त गरेको छ ।
बैंकले हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो ।
राष्ट्र बैंकले वैशाख १७ गतेको पत्र मार्फत बैंकलाई हाल कायम चुक्ता पुँजी ५० प्रतिशत हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।
समस्याग्रस्तबाट फुकुवा भएका केही वित्तीय संस्थाबाहेक राष्ट्र बैंकले करिब सात वर्ष यता कुनै पनि वित्तीय संस्थालाई हकप्रद निष्काशन गर्न अनुमति दिएको थिएन ।
एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७८ ७९ मा नै हकप्रद सेयर जारी गर्न स्वीकृति माग गरेपनि राष्ट्र बैंकले दिएको थिएन ।
बढ्दो निष्क्रिय कर्जा र सञ्चित नोक्सानी पनि लगातार बढ्दै जाँदा बैंकको प्राथमिक पुँजीकोष राष्ट्र बैंकको तोकेको न्यूनतम सीमा भन्दा तल झरेको हो ।
हकप्रद सेयर निष्काशन सम्बन्धी विशेष प्रस्ताव बैंकको आगामी २८औँ वार्षिक साधारण सभामा पेस हुनेछ ।
नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि र साधारण सभाबाट पारित भएपछि मात्र उक्त अनुपातमा हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढ्नेछ ।
बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशनको प्रस्ताव गरेको थियो । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ ।







प्रतिक्रिया