गोकर्णेश्वर नगरपालिकाले तोक्यो बोर्डिङका लागि मासिक शुल्क, कुन कक्षाका विद्यार्थीको कति ?

217
Shares

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि संस्थागत (निजी) विद्यालयहरूको मासिक शिक्षण शुल्क निर्धारण गरेको छ ।

नगरपालिकाको शिक्षा समितिको २०८३ वैशाख ८ गतेको सिफारिस र वैशाख १५ गतेको निर्णयानुसार विद्यालयहरूको वर्गीकरणका आधारमा अधिकतम शुल्कको सीमा तोकिएको हो ।

नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै संस्थागत विद्यालयहरूलाई पत्र पठाउँदै तोकिएको सीमाभन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ ।

विद्यालयहरूलाई ‘क’, ‘ख’ र ‘ग’ गरी तीन वर्गमा विभाजन गरेर शुल्क दर कायम गरिएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार, आधारभूत तहदेखि माध्यमिक तहसम्मको शुल्क तोकिएको छ ।

नगर शिक्षा अधिकारी वीर बहादुर खड्काद्वारा हस्ताक्षरित सूचनामा शुल्क सम्बन्धी अन्य व्यवस्थाहरू प्रचलित शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ (संशोधन सहित) बमोजिम हुने उल्लेख छ । नगरपालिकाले यो निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न र तोकिएको भन्दा बढी शुल्क नबढाउन विद्यालयहरूलाई सचेत गराएको छ ।

नयाँ शैक्षिक सत्रको सुरुवातसँगै अभिभावकहरूलाई आर्थिक भार नपर्ने गरी वैज्ञानिक ढंगले शुल्क निर्धारण गरिएको नगरपालिकाको दाबी छ ।