सन नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो अभिकर्तालाई सम्मान

0
Shares

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले उद्देश्यले ‘प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर’ विषयक एक दिने कार्यक्रम सम्पन्न गरेको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत राप्ती/भेरी क्षेत्र तथा कर्णाली प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा करिब १७० भन्दा बढी बीमा अभिकर्ताको सहभागिता रहेको इन्स्योरेन्सले जनाएको छ ।

अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय झाले प्रशिक्षण गराएका थिए । उनले बिक्री कला, लक्ष्य निर्धारण, आत्मविश्वास विकास तथा बदलिँदो बीमा बजारमा सफल हुन अपनाउनुपर्ने रणनीतिबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं लगायत पदाधिकारीको उपस्थिति रहेको कार्यक्रममा कर्णाली प्रदेश प्रमुख गोविन्द ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कर्णाली प्रदेश उप-प्रमुख धिरेन्द्र शाही, नेपालगञ्ज क्लष्टर हेड कमल शाही, राप्ती/भेरी क्षेत्रीय प्रमुख तथा कार्यक्रम सञ्चालक दिपेन्द्र रावत साथै विभिन्न शाखा प्रमुखहरूको समेत उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले अभिकर्ताहरूलाई कम्पनीको मेरुदण्ड भएको बताउँदै उनीहरूको सशक्तिकरण नै कम्पनीको दीर्घकालीन सफलताको आधार भएको बताए।

प्रमुख बजार अधिकृत गणेश चौलागाईंले अभिकर्ताहरूलाई निरन्तर सिकाइ, अनुशासन तथा ग्राहकप्रति जिम्मेवार दृष्टिकोणसहित अघि बढ्न आग्रह गरे । कार्यक्रमका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा सहभागीमध्ये आफ्ना शाखाअन्तर्गत उत्कृष्ट व्यापार गर्न सफल ७ जना अभिकर्ताहरूलाई उत्कृष्ट अभिकर्ताका रूपमा सम्मान गरिएको थियो ।