सम्पत्ति शुद्धीकरण लगायतका कानुन संशोधनका लागि अध्यादेश जारी गर्दै सरकार

903
Shares

काठमाडौं । वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । अहिले बसिरहेको मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने तयारी भएको स्रोतको भनाइ छ ।

केही नेपाल ऐन संशोधनमार्फत सम्पत्ति शुद्धीकरण सम्बन्धी र संवैधानिक परिषद् लगायतका अध्यादेश ल्याउन लागिएको स्रोतको भनाइ छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते लागि संघीय संसद्‍को अधिवेशन आह्वान गरेका थिए । तर भोलिपल्टै सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए ।

अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउन लागेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिरोध जनाएको छ ।