
काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) द्वारा सञ्चालित ‘दिगो पर्यटन परियोजना’ (एसटिपी) का लागि कर्मचारीको माग गरिएको छ ।
अपी, मनास्लु र कञ्चनजङ्घा आधार शिविर जस्ता प्रमुख पदयात्रा मार्गहरूमा स्थानीयको जीविकोपार्जन सुधार र पूर्वाधार विकास गर्ने योजनासहित सुरु भएको यस परियोजनाका लागि दुईवटा फरक पदमा आवेदन आह्वान गरिएको हो ।
परियोजनाले ‘लाइभ्लिहुड प्रमोसन अफिसर’ पदका लागि एक जना र प्राविधिक पक्ष एवं सुरक्षा मापदण्ड हेर्ने गरी ‘प्रोजेक्ट अफिसर – इन्फ्रास्ट्रक्चर एण्ड सेफगार्ड्स’ पदका लागि एक जना कर्मचारीको माग गरेको छ।
यी दुवै पदहरू ‘एनपीपीसी ८’ तहका हुन् र यिनको मुख्य कार्यस्थल काठमाडौं रहनेछ।
इच्छुक आवेदकले आगामी ७ मे २०२६ सम्ममा युएनडिपीको आधिकारिक अनलाइन पोर्टल मार्फत आवेदन दिन सक्नेछन्। यस प्रक्रियामा महिला, दलित, जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।











प्रतिक्रिया