सार्वजनिक खरिद कार्यालयको प्रणालीमै पुगेर विभिन्न ठेक्का विवरण हेरफेर गर्ने एक जना पक्राउ

0
Shares

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणालीमा अनाधिकृत पहुँच पुऱ्याई विभिन्न ठेक्काहरूका विवरण हेरफेर गर्ने एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चपुर निर्माण सेवा प्रालिका सञ्चालक ३२ वर्षीय अमृत बोहरालाई शनिबार शंखमुलबाट पक्राउ गरेको हो ।

बोहराले सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको कागजात परिवर्तन गरेको ब्यूरोले जनाएको छ ।

उनलाई साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी पक्राउ गरिएको र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा थप अनुसन्धान चलाइएको ब्यूरोको भनाइ छ ।

साथै, सोही मुद्दामा हालसम्म ७ जना निर्माण व्यवसायीहरू समेत गरी जम्मा १० जना शंकास्पद व्यक्तिहरूलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

Skip This