
काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ ।
आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।











प्रतिक्रिया