
काठमाडौं । नबिल बैंकले काठमाडौंमा रहेका तीन वटा शाखा समायोजन गर्ने भएको छ । बैंकले नयाँ बानेश्वर, बिजुली बजार र शंखमुलको बैंक शाखालाई समायोजन गर्दै नयाँ बानेश्वरमा मात्र शाखा सञ्चालन गर्न लागेको हो ।
बैंकले आइतबार एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको छ । जसअनुसार, वैशाख २१ बाट बिजुलीबजार र शंखमुल शाखा बन्द भई नयाँ बानेश्वर शाखाबाट मात्र कारोबार हुनेछ ।
बैंकले यी दुई शाखामा रहेका लकर तथा ग्राहक खाताहरू पनि नयाँ बानेश्वर शाखामै स्थानान्तरण हुने जानकारी दिएको छ ।
बैंकले लकरमा कुनै टुटफुट सामान राखिएको भएमा वैशाख १७, बिहीबारसम्ममा निकाल्नका लागि ग्राहकलाई आग्रह समेत गरेको छ ।









प्रतिक्रिया