तीनकुनेको गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि चल्यो डोजर

196
Shares

काठमाडौं । सरकारले तीनकुनेस्थित गैरीगाउँको बागमती किनारको सुकुम्वासी बस्तीको पनि अनाधिकृत घर टहरा हटाउन सुरु गरेको छ ।

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराएसँगै डोजर र स्काइभेटर गैरीगाउँ पुगेर घर टहरा हटाउन सुरु गरेको हो । गैरीगाउँका सुकुम्बासीहरु आफै घर टहरा खाली गरेपछि डोजर चलाउन सुरु गरिएको हो । सुरक्षाकर्मीले घर टहरा खाली गर्न स्थानीयबासिन्दालाई सघाई रहेका छन् ।

शनिबार बिहानबाट सरकारले काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउन थालेको हो ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीसमेतको सहयोगमा गैरीगाउँका सुकुमवासी बस्तीका संरचना हटाउन थालिएको हो ।