
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार ८०० र चाँदी ११० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७०० र त्यति नै परिमाणको चाँदी ५ हजार २० रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख पाँच हजार र त्यति नै परिमाणको चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।
गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको चाँदी ५ हजार १६० रुपैयाँमा किनबेच भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









प्रतिक्रिया