
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटल बीच मेडिकल सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
२०८३ वैशाख ९ गते सम्पन्न उक्त सम्झौताअनुसार बीमा प्रस्तावकका लागि आवश्यक पर्ने मेडिकल जाँचलाई छिटो, छरितो र सर्वसुलभ बनाउने तथा कम्पनीका कर्मचारीलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
सम्झौतामा नेशनल लाईफका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेको उपस्थितिमा हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्ना र कम्पनीका प्रतिनिधिबीच हस्ताक्षर गरिएको हो । कार्यक्रम कम्पनीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको थियो ।
सम्झौताअनुसार अब नेशनल लाईफमार्फत बीमा खरिद गर्न चाहने प्रस्तावकले आवश्यक मेडिकल जाँच सहुलियत दरमा सहज रूपमा गर्न पाउनेछन् । साथै, कम्पनीका कर्मचारीले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा पाउनेछन् ।
यस सम्झौताले कम्पनीका सरोकारवाला वर्गलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया