
एजेन्सी । न्युयोर्क पोस्टको रिपोर्ट अनुसार, तेहरान र सुडानसँग सम्बन्धित हतियार सम्झौताको मध्यस्थता गरेको आरोपमा इरानी मूलकी र अमेरिकी स्थायी आवासीय अनुमति (ग्रीन कार्ड) भएकी एक महिला उद्यमीलाई लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।
४४ वर्षीया शमीम माफीलाई शनिबार हिरासतमा लिइएको थियो । अमेरिकी अभियोजकहरूका अनुसार, उनलाई इरानी ड्रोन, बम र गोलाबारुद बिक्रीमा सहजीकरण गरेको आरोप लगाइएको छ। न्युयोर्क पोस्टका अनुसार यी कारोबारहरू सुडानमा जारी गृहयुद्धसँग सम्बन्धित थिए ।
अमेरिकी कानुन (५० यूएससी धारा १७०५) अन्तर्गतको यो आरोप इरानी निर्मित ड्रोन, बम, बमको फ्युज र गोलाबारुद सुडानलाई बिक्री गर्न मध्यस्थता गरेको विषयसँग सम्बन्धित छ । अभियोजकहरूका अनुसार, दोषी ठहरिएमा उनलाई अधिकतम २० वर्षसम्मको जेल सजाय हुन सक्छ ।
माफीले कथित रूपमा इरानी निर्मित ड्रोन, बम फ्युज र लाखौं राउन्ड गोलाबारुद समावेश भएका सम्झौताहरूको मध्यस्थता गरेकी थिइन् ।
एउटा सम्झौता ७ करोड डलरभन्दा बढीको रहेको र जसमा मोहाजेर–६ सशस्त्र ड्रोनहरू समावेश थिए ।
ती हतियारहरू कथित रूपमा सुडानको रक्षा संयन्त्रलाई त्यहाँ जारी गृहयुद्धका बेला आपूर्ति गरिएको थियो ।
उनलाई कारोबार सञ्चालन गर्न ओमानमा दर्ता भएको कम्पनी प्रयोग गरेको आरोप लगाइएको छ ।
अमेरिकी निगरानीबाट बच्न उनले टर्की र संयुक्त अरब अमिरात (यूएई) मार्फत यी सम्झौताहरू मिलाएको अधिकारीहरूको दाबी छ ।
फोन रेकर्डहरूले कथित रूपमा सन् २०२२ देखि २०२५ को बीचमा इरानको गुप्तचर मन्त्रालयसँग उनको सम्पर्क भएको देखाउँछन् ।
अभियोजकहरूका अनुसार, उनीसँग यस्तो हतियार सम्झौता गर्ने कुनै कानुनी अनुमति थिएन ।
उनले अमेरिकी प्रतिबन्ध कानुन अन्तर्गतका आरोपहरू सामना गरिरहेकी छन् जसमा दोषी ठहरिएमा २० वर्षसम्मको जेल सजाय हुन सक्छ ।
माफीलाई इस्तानबुलको उडान भर्ने तयारीमा रहेका बेला पक्राउ गरिएको थियो र उनलाई अब लस एन्जलसको अमेरिकी अदालतमा उपस्थित गराइनेछ ।









प्रतिक्रिया