
काठमाडौं । चौधरी ग्रुप र आईजी ग्रुपको संयुक्त लगानीमा सञ्चालित होटल भिभान्ता काठमाडौंले चालु आर्थिक वर्षको ६ महिनामा साढे १४ करोड रुपैयाँको कारोबार गरेको छ ।
आरआर होटल्स एन्ड रिसोर्ट्सले गत आवमा ३२ करोड ६० लाख रुपैयाँ, सन् २०२४ मा ३६ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा ३२ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २०१४ मा पाँचतारे होटल निर्माणका लागि दर्ता भएको कम्पनीले झम्सिखेलमा होटल सञ्चालन गर्दै आएको छ ।
भिभान्ता ब्रान्ड बाई ताज फ्रेन्चाइज भित्र्याएको होटलले सन् २०१९ देखि व्यावसायिक कारोबार सुरु गरेको थियो । द इन्डियन होटल्स कम्पनीसँग व्यवस्थापनको सम्झौता गरेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८३ करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ८१ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड रुपैयाँको रेटिङ गराएको हो ।
भिभान्ता सन् २०१९ को जनवरिदेखि सञ्चालनमा आएको हो । आर एन्ड आर चौधरी ग्रुप र आईजे ग्रुपको संयुक्त उपक्रम हो । होटलमा चौधरीको ७५ प्रतिशत र आईजेको २५ प्रतिशत स्वामित्व छ । होटलको व्यवस्थापन १८ वर्षका लागि इन्डियन होटल्स कम्पनीले लिएको छ ।








प्रतिक्रिया