बालेन विरुद्धको अवहेलना मुद्दामा सुनुवाई सकियो, के आउला आदेश ?

441
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विरुद्धको अवहेलना मुद्दामा सुनुवाई सकिएको छ । सर्वोच्च अदालतमा २०८० असार ८ मा अधिवक्ता वर्षकुमारी झाले दायर गरेको मुद्दा र २०८३ वैशाख १ गते शाहकले बर्षाकुमारी विरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दा मुद्दामा वारेस राख्ने सुविधा माग भएको छ ।

काठमाडौं महानगरपालिकाको नगर प्रमुख हुँदै वर्षा झाले सर्वोच्च अदालतमा दायर गरेको अवहेलना मुद्दाको पेशी आज तोकिएको हो ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलाशमा पेशी तोकिएको हो । उक्त मुद्दामा प्रधानमन्त्री बालेनले वारेस माग गरेको उल्लेख छ । अघि पनि उनले वारेस माग गरेका थिए । तर, नपाएपछि आफैँ उपस्थित भएका थिए ।

तीन वर्षअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेपछि बालेन आक्रोशित भएर दिएको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको थियो ।

हलवालाहरूको छाता सङ्गठन चलचित्र संघले हालेको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आदेशलगत्तै बालेनले सार्वभौमिकता र स्वाधीनताको सवालमा अदालतको आदेश पनि नमान्ने बताएका थिए ।

Skip This