
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ ।
करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोइला खरिदका बोलपत्र आह्वान गरिसकेको छ ।
करिब २ हप्ताभित्र कोइला आइपुग्ने हेटौंडा सिमेन्ट उद्योगका सहायक प्रवन्धक विकास श्रेष्ठले जानकारी दिए । कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेन्टको उत्पादनको समय निर्धारण हुने उनको भनाइ छ ।








प्रतिक्रिया