आज सुन चाँदीको मूल्य बढ्यो, कति पुग्यो ?

259
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला १०० र चाँदी ३० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख २ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार २५० रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला ३ लाख २ हजार ७०० र त्यति नै परिमाणको चाँदी ५ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२१ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।