सामसङ नेपालद्वारा आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना


काठमाडौं । सामसङ नेपालले स्मार्ट र अझ रमाइलो होम कुकिंगलाई प्रोत्साहन दिने उद्देश्यले विशेष माइक्रोवेभ मास्टरक्लास सफलतापूर्वक आयोजना गरेको छ । यस मास्टरक्लास कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकको सहभागिता रहेको थियो, जहाँ सहभागीहरूले सामसंगको माइक्रोवेभ रेन्जको बहुउपयोगिता प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाए ।

यस कार्यक्रम मा मोडर्न माइक्रोवेभ प्रविधि द्वारा घरमै खाना बनाउदा स्वाद र पोषण कसरि कायम राख्ने तथा पकाउने प्रक्रियालाई कसरि सजिलो बनाउछ भन्ने प्रदर्शन गरिएको थियो । सहभागीहरूले सामसंगका सोलो, ग्रिल र कनभेक्सन माइक्रोवेभ मोडलहरू प्रयोग गरी व्यवहारिक कुकिङ्ग सीप र सिर्जनात्मक परिकारहरू सिक्ने मौका पाए ।

सामसंगका माइक्रोवेभ मार्फत खाना छिटो तताउने र ग्रिल गर्ने देखि बेकिङ गर्ने तथा मल्टि–स्टेज कुकिङसम्म, विभिन्न परिकारहरू तयार गर्न सकिने तरिकाहरू शेफ उलकले प्रस्तुत गरे । यसले गर्दा, सामसंगको माइक्रोवेभ लाइनअपले व्यस्त जीवनशैली भएका परिवारहरूका लागि छिटो, स्मार्ट र सहज अनुभव प्रदान गर्ने कुरा प्रष्ट पार्‍यो ।

यस कार्यक्रमले खाना पकाउने उत्साही, गृहिणी र प्रविधिप्रेमी उपभोक्ताहरूलाई आकर्षित गर्‍यो, जो आधुनिक उपकरणहरूले कसरी आफ्नो दैनिक खानाको तयारीलाई अझ राम्रो बनाउन सक्छन् भनेर जान्न उत्सुक थिए ।

निःशुल्क दर्ता उपलब्ध भएकोले, सामसुङ नेपालले इच्छुक सहभागीहरूलाई मास्टरक्लासमा सहभागी हुन र माइक्रोवेभ खाना पकाउँदा दैनिक दिनचर्या कसरी परिवर्तन हुन्छ भन्ने प्रत्यक्ष अनुभव गर्न आमन्त्रित गरेको थियो । कार्यक्रममा सामसंग स्मार्टथिङ्स एपको प्रत्यक्ष प्रदर्शन पनि गरिएको थियो, जहाँ सहभागीहरूले स्मार्ट कनेक्टिभिटीका फाइदाहरू अन्वेषण गरेका थिए ।

सहभागीहरूलाई बेस्पोक एआई वाशिङ मेसिन र रेफ्रिजरेटरका रेन्ज जस्ता सामसुङ घरेलु उपकरणहरूसँग एपलाई कसरी लिङ्क गर्दा दैनिक दिनचर्यालाई सरल बनाउन र समग्र सुविधा बढाउन सकिन्छ भन्ने कुराको परिचय गराइएको थियो ।

यो पहल घरमै खाना पकाउन रुची राख्ने ग्राहकहरुलाई इनोभेटिभ किचन समाधानमार्फत सशक्त बनाउने सामसंगको निरन्तर प्रयासको एक हिस्सा हो । इनोभेटिभ एडभान्स्ड टेक्नोलोजी र विशेषज्ञ कलिनरी निर्देशन संयोजनमार्फत ब्रान्डले परिवारहरूलाई आफ्ना भान्सामा नयाँ परिकारहरु अन्वेषण गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ ।

सामसंग नेपालले निरन्तर रूपमा सुविधा र कार्यक्षमता बढाउने इनोभेटिभ घरेलु उपकरणहरू प्रस्तुत गर्दै आएको छ । यसको माइक्रोवेभ रेन्ज—सोलो, ग्रिल र कनभेक्सन मोडलहरू सहित—आधुनिक जीवनशैली अनुरूप बहुउपयोगी समाधान प्रदान गर्दछ। सामसंगका माइक्रोवेभहरू देशभरका आधिकारिक सामसंग स्टोरहरूमा उपलब्ध छन् ।

Skip This