रवि र बालेनलाई गाली गरेर भिडियो बनाएका युट्युबर पक्राउ

0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लगायत अन्य नेताहरूलाई लक्षित गरी सामाजिक सञ्जालमा अपमानजनक र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेल रहेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरो र जिल्ला प्रहरी कार्यालय पाँचथरको समन्वयमा नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार पोखरेलले फेसबुक, इन्स्टाग्राम र ‘Hades’ नामको युट्युब च्यानलमार्फत प्रधानमन्त्रीसहितका नेताहरूमाथि अपशब्द प्रयोग गरी भिडियो सामग्री सार्वजनिक गरेका थिए।

अपमानजनक र आपत्तिजनक शब्द प्रयोग गरिएको उजुरीपछि उनलाई साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला अदालत पाँचथरबाट उनलाई १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनीविरुद्धको मुद्दा पाँचथरमै दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।