दीपक खड्कालाई थुनामुक्त गर्न माग गरिएको रिटमा सुनुवाइ हुँदै

112
Shares

काठमाडौं । पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदैछ ।

उक्त रिटको पेसी सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासमा परेको छ ।

खड्काकी पत्नी विनिता थापाले आफ्ना पतिलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत १५ गते सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिएको थियो ।

भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित उनको घरमा ठूलो रकम फेला परेपछि सो विषयमा अनुसन्धान अघि बढाइएको हो ।