परिचय पत्रकै आधारमा सिंहदरबार प्रवेशको व्यवस्था मिलाइदिन प्रधानमन्त्री बालेनलाई बारको आग्रह

462
Shares

काठमाडौं । नेपाल बार एशोसिएशनले कानुन व्यवसायीहरूलाई परिचय पत्रकै आधारमा सिंहदरबार प्रवेशको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग माग गरेको छ ।

बुधबार बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले प्रधानमन्त्री शाहसमक्ष गेट पासको साटो साविककै परिचय पत्रका आधारमा निर्वाध प्रवेशको वातावरण बनाउन माग गरे ।

आइतबारदेखि सरकारले गेट पास अनिवार्य गरेपछि बारले कानुन मन्त्री र सांसदहरूको समेत ध्यानाकर्षण गराइसकेको छ । प्रशासकीय अदालतमा हुने अवरोध हटाउन र कानुन व्यवसायीको हकमा पुरानै व्यवस्था कायम गर्न बारले प्रधानमन्त्रीसँग विशेष आग्रह गरेको छ।