इजरायलले अमेरिका र इरानबीचको युद्धविराम स्वीकार्दै भन्यो: लेबनानमा लागू हुँदैन

140
Shares

काठमाडौं । इजरायलले अमेरिका र इरानबीच भएको युद्धविरामको निर्णय स्वीकार गरेको छ । तर उसले लेबनानमा भने युद्धविराम लागू नहुने स्पष्ट गरेको छ ।

इजरायलले आफ्नो आधिकारिक बयानमा भनेको छ, ‘हामी राष्ट्रपति ट्रम्पको त्यो निर्णयको समर्थन गर्छौं जसमा इरानमाथि गरिने आक्रमण दुई हप्ताका लागि रोक्ने कुरा गरिएको छ, तर यसको सर्त के हो भने इरानले तुरुन्त होर्मुज जलडमरू खोलेर अमेरिका, इजरायल र अन्य देशहरूमाथि आक्रमण बन्द गर्नुपर्छ ।’

बयानमा भनिएको छ, ‘इजरायल अमेरिकाद्वारा गरिएको त्यस प्रयासलाई समर्थन गर्दछ जसले सुनिश्चित गर्न खोजिरहेको छ कि इरान अब परमाणु हतियार, मिसाइल वा आतंकको खतरा नबनोस्-न अमेरिकाका लागि, न इजरायलका लागि, न इरानका अरब छिमेकीहरूका लागि, र न त सम्पूर्ण विश्वका लागि।’

अमेरिकाले इजरायललाई यी लक्ष्यहरू प्राप्त गर्न प्रतिबद्धता जनाएको छ। आगामी वार्ताहरूमा यी लक्ष्यहरू अमेरिका हामीसँग र आफ्ना क्षेत्रीय साझेदारहरूसँग साझा गर्ने इजरायलले जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक्समा पोस्ट गर्दै ‘लेबनानमा पनि युद्धविराम लागू हुने’ बताएका थिए । तर इजरायलले लेबनानमा युद्धविराम लागू हुने छैन।