कर्मचारीलाई मन्त्री रावलको निर्देशन: मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्

238
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले नागरिक सर्वोच्चतालाई ख्याल राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । मंगलबार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनपछि मन्त्री रावलले सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा दिन निर्देशन दिएकी हुन् ।

सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती र अनियमितता भएको गुनासो शून्यमा झर्नु पर्ने उल्लेख गर्दै मन्त्री रावलले सेवाग्राहीले दुःख पाएको गुनासो आए कानुन अनुसार कारबाही भोग्न तयार रहन चेतावनी समेत दिइन् ।

‘मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवाग्राहीलाई खुसी पार्नुस्’, मन्त्री रावलले भनिन्, ‘कसैको दबाब र प्रभावले होइन कानुनमा टेकेर काम गर्नुस् ।’

उनले भनिन्, ‘नापी र मालपोतमा पुग्दा जनताले सबै भन्दा बढी हैरानी भोग्ने गरेका छन्, अब सबै भन्दा सहज यी नै कार्यालयको सेवा लिँदा हुन्छ भन्ने प्रमाणित गर्नुस् ।’

Skip This