कामना सेवाको अविमोच्य अग्राधिकार सेयर नेप्सेमा सूचीकृत

49
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडद्वारा निष्काशन गरिएको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ भएको कुल ३५ करोड रकम बराबरको ३५ लाख कित्ता ‘केएसबीबीएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नामको अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो ।

धितोपत्रको दोस्रो बजारमा हुने यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानीकर्ताबीच मात्रै खरिद–बिक्रि गर्न पाइनेछ ।

उक्त अग्राधिकार सेयर जारी गरे पश्चात बैंकको पुँजीकोष बढ्न गई व्यवसाय विस्तारको अवसर बढ्न जानेछ ।

अविमोच्य अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर रहेको यस अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सुचीकृत भए सँगै कारोवार समेत गर्न सकिने भएको छ ।

Skip This