त्रिभुवन विश्वविद्यालयका ‘गोल्ड मेडलिस्ट’ हुन् डेपुटी गभर्नर किरण

1.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

२ जना डेपुटी गभर्नर रिक्त भएपनि आज बसेको मन्त्रीपरिषद् बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।

२०६२ मा राष्ट्र बैंक प्रवेश गरेको पण्डित राष्ट्र बैंकका एक अब्बल कर्मचारीका रुपमा चिनिन्छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका पण्डित व्यवस्थापन संकायका गोल्ड मेडलिष्ट पनि हुन् । उनका बुवा पूर्वन्यायाधीश हुन् ।

२०३६ साल कात्तिक १ गते जन्मिएका पण्डित अधिकृत तेस्रो तहको कर्मचारीको रुपमा २०६२ माघ २ गते राष्ट्र बैंकमा सेवा प्रारम्भ गरेका थिए । त्यसको ६ वर्ष नपुग्दै आन्तरिक प्रतिस्पर्धामार्फत २०६८ जेठ २७ मा पण्डित अधिकृत दोस्रो अर्थात् सहायक निर्देशकमा बढुवा भएका थिए ।

२०७४ असार २७ मा प्रतिर्स्धामा पहिलो स्थान सहित पण्डित निर्देशकमा बढुवा भएका थिए । उनि २०८१ फागनु १ गते कार्यकारी निर्देशकमा बढुवा भएका हुन् भने कार्याकारी निर्देशकका रुपमा बढुवा भएको २ वर्षमा नै डेपुटी गभर्नरमा नियुक्त भएका छन् ।

मानव संशोधन, नियमन, बैंक सुपरीवेक्षण, मुद्रा व्यवस्थापन, गभर्नरको कार्यालय र विरगञ्ज कार्यालयमा समेत काम गरिसकेको पण्डितले धनगढी कार्यालय र वित्तीय समावेशीता तथा ग्राहक संरक्षण महाशाखाको नेतृत्वमा समेत गरीसकेका छन् । यस्तै कार्यकारी निर्देशकका रुपमा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुखको रुपमा काम गरेका छन् ।

नियमन विभागमा बसेर चालुपुँजी कर्जा मार्गशनको नीति बनाउने र कार्यान्वयनमा ल्याउन महत्त्वपूर्ण भुमिका समेत खेलेका थिए । नियामकीय नीति र सुपरीवेक्षकीय क्षेत्रमा दख्खल राख्ने पण्डितले राष्ट्र बैंकको प्रवक्ताको रुपमा समेत काम गरीसकेका छन् ।

२५ फागुनमा तत्कालीन डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्रले ५ वर्ष कार्यकाल पुरा गरी बिदा भएका थिए । त्यससँगै रिक्त भएको दुबै डेपुटी गभर्नरमध्ये एक पदमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले किरण पण्डितलाई नियुक्त गरेको हो ।

गभर्नर डा. विश्वनाथ पौडेल यहि साता विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको बैठकमा सहभागि अमेरिका जाँदैछन् । जसले गर्दा कामु गभर्नरको जिम्मेवारी दिने व्यक्ति समेत नहुुँदा मंगलबार रिक्त २ डेपुटी गभर्नर मध्ये १ मा पण्डितलाई नियुक्ति गर्ने निर्णय सरकारले गरेको हो ।

Skip This