राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गर्ने सरकारको निर्णय

3.6k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

२ जना डेपुटी गभर्नर रिक्त भए पनि आज बसेको मन्त्रीपरिषद् बैठकले पण्डितलाई मात्र डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

२०६२ सालमा राष्ट्र बैंक प्रवेश गरेका पण्डित एक कुशल अफिसरका रूपमा चिनिन्छन् । पण्डित हाल विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् ।

२५ फागुनमा तत्कालीन डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले पाँच वर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए । त्यससँगै रिक्त भएका दुई डेपुटी गभर्नर पदमध्ये एकमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले किरण पण्डितलाई नियुक्त गरेको हो ।

गभर्नर डा. विश्वनाथ पौडेल यही साता अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा सहभागी हुन जाँदैछन् । जसका कारण कामु गभर्नरको जिम्मेवारी दिने व्यक्ति नहुँदा मंगलबार रिक्त दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको हो ।

Skip This