
राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्को कार्यविभाजनमा हेरफेर: बालेन्द्र शाह प्रधानमन्त्री, डा. वाग्लेलाई अर्थ मन्त्रालयको जिम्मेवारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारका मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । ष्ट्रपतिले मन्त्रिपरिषद्मा नयाँ कार्यविभाजन गरेका हुन् ।
यसअघि सरकारको वरियतामा तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुधन गुरुङ नयाँ वरियतामा ५ औं नम्बरमा पुगेका हुन् ।
चौथो वरियतामा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल अहिले तेस्रो स्थानमा आएका छन् । यसअघि चौथो वरियतामा रहेका शिशिर खनालको स्थानमा विराजभक्त श्रेष्ठ आएका छन् उनी यसअघि छैठौं वरियतामा थिए।
यसअघि पाँचौ वरियतामा रहेका सुनिल लम्साल छैठौं वरियतामा झरेका छन् भने यसअघि १२ औं वरियतामा रहेकी कानुन मन्त्री सोविता गौतम ७ औं वरियतामा पुगेकी छन् । उनी ७ औं वरियतामा पुग्दा यसअघि सो वरियतामा रहेका पर्यटन मन्त्री खडकराज पौडेल १२ औं वरियतामा झरेका छन् ।
यसअघि १५ औं वरियतामा रहेकी महिला मन्त्री सीता बादी यसपटक ८ औं वरियतामा उक्लिएकी छिन् भने ८ औं वरियतामा रहेका शिक्षा मन्त्री सस्मित पोखरेल ११ औं वरियतामा झरेका छन् ।
यसअघि ११ औं वरियतामा रहेकी सामान्य प्रशासन मन्त्री प्रतिभा रावल अहिले ९ औं वरियतामा उक्लिएकी छन् ।
यसअघि १० औं वरियतामा रहेका विक्रम तिमल्सिना १३ औं वरियतामा झर्दा ९ औं वरियतामा रहेकी स्वास्थ्य मन्त्री निशा मेहता १० वरियतामा झरेकी हुन् ।
यसअघि १३ औं वरियतामा रहेकी कृषि मन्त्री गीता चौधरी १४ औं वरियतामा झरेकी छिन् भने १४ औं वरियतामा रहेका श्रम मन्त्री दिपक कुमार साह १५ औं वरितामा रहेका छन् ।
यस्तो छ नयाँ वरियता

पुरानो वरियता यस्तो











प्रतिक्रिया