सेवाग्राहीसँग १ लाख ४० हजार घुस लिँदै गर्दा विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ

3k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका एक इन्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगका अनुसार चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखी लाइन छिटो उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको उजुरीका आधारमा निगरानी गरिएको आयोगले जनाएको छ । सोही क्रममा १ लाख ४० हजार घुस लिँदालिँदै उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास रहेका छन् । उनलाई घुस लिँदै गरेको अवस्थामा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । उनलाई सप्तरी, हनुमाननगर कंकालिनी, नगरपालिका वडा नं. १ बाट २३ गते नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र दोषीमाथि कानुनी कारबाही अघि बढाइने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

Skip This