इजरायल र अमेरिकाका लागि जासुसी गर्ने व्यक्तिलाई मृत्युदण्ड दिएको इरानको दाबी

147
Shares

एजेन्सी । पश्चिम एसियामा युद्ध लम्बिरहेको बेलामा इरानले इजरायल र अमेरिकाका लागि जासुसी गरेको आरोपमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ ।

इरानी न्यायपालिकाले सोमबार बिहान अली फहिम नामका एक व्यक्तिलाई मृत्युदण्ड दिएको पुष्टि गरेको छ । फहिममाथि इजरायल र अमेरिकाका लागि जासुसी गरेको तथा देशमा भएका सरकारविरोधी प्रदर्शनका क्रममा हिंसा भड्काउन भूमिका खेलेको गम्भीर आरोप थियो ।

इरानी समाचार एजेन्सी मिजान अनलाइनका अनुसार, फहिम शत्रु पक्षको एक प्रमुख एजेन्ट थिए जसले जनवरीमा भएको ‘आतंककारी दंगा’ का क्रममा हतियार लुट्नका लागि गोप्य सैन्य अखडामा घुसपैठ गर्ने प्रयास गरेका थिए ।

इरानको सर्वोच्च अदालतले उनको सजायलाई सदर गरेपछि उनलाई फाँसी दिइएको हो । इरानले यसलाई आफ्नो राष्ट्रिय सुरक्षामाथिको वैदेशिक हस्तक्षेपको कडा जवाफको रूपमा व्याख्या गरेको छ ।