
सिरहा । सिरहा नगरपालिकाका नगर प्रमुख (मेयर) नवीनकुमार यादवले कार्यालय सहयोगी रामशरण यादवलाई कुटपिट गरेका छन् ।
स्वास्थ्य शाखामा २४ वर्षदेखि काजमा कार्यरत ५० वर्षीय कर्मचारी रामशरणलाई सोमबार बिहान हाजिरी गर्ने क्रममा मेयरले लात र मुक्का प्रहार गरेको पीडितको दाबी छ ।
पीडित कर्मचारीका अनुसार उनलाई दरबन्दी भएको ठाउँमा जान दबाब दिँदै मेयरले अचानक गालीगलौज र कुटपिट गरेका थिए । हाल उनको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यता, मेयर यादवले भने कुटपिटको आरोप अस्वीकार गरेका छन् । काज फिर्ता भएका कर्मचारीलाई हाजिरी गर्न रोक्न खोज्दा उनी आफैँ रोइकराई गरेर ‘नौटंकी’ गरेको मेयरको दाबी छ । उनले कर्मचारीलाई नियन्त्रणमा लिन आफूले नै प्रहरी बोलाएको समेत बताएका छन् ।








प्रतिक्रिया