
काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
गत शुक्रबार सभामुख पदका लागि मनोनयन दर्ता हुँदा अर्यालको मात्र उम्मेदवारी परेको थियो । सोही आधारमा आइतबारको बैठकबाट उनलाई सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक रूपमा घोषणा गरिएको हो ।










प्रतिक्रिया