
काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा आयोजना गरेको ‘एआरई जीपी’मा उत्कृष्ट प्रदर्शन गर्ने तीन नेपाली राइडरहरू अन्तर्राष्ट्रिय फाइनलका लागि छनोट भएका छन् । छनोट भएका ती राइडरहरू भारतको चेन्नईस्थित ‘मद्रास इन्टरनेसनल सर्किट’मा हुने प्रतिस्पर्धाका लागि प्रस्थान गरेका छन् ।
आगामी अप्रिल २ देखि ५ सम्म सञ्चालन हुने उक्त फाइनल प्रतिस्पर्धामा नेपाली राइडरहरूले विभिन्न देशका राइडरहरूसँग प्रतिस्पर्धा गर्नेछन् ।
फाइनलका लागि छनोट भएका नेपाली राइडरहरू अभिनव राज मल्ल (१६० सीसी विधा), दिलीप दनुवार (२०० सीसी विधा) र सुजन थापा मगर (३१० सीसी विधा) रहेका छन् ।
यी राइडरहरूले नेपालमा सम्पन्न टीभीएस अपाचे रेसिङ एक्सपिरियन्स (एआरई) जीपीको विभिन्न चुनौतीपूर्ण चरणहरूमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । एआरई जीपी उदाउँदा रेसिङ प्रतिभाहरूलाई पहिचान गर्ने र उनीहरूलाई व्यावसायिक ट्र्याक अनुभव प्रदान गर्ने एउटा प्रतिष्ठित प्लेटफर्म हो ।
अन्तर्राष्ट्रिय फाइनल आयोजना हुने मद्रास इन्टरनेसनल सर्किट प्राविधिक रूपमा अत्यन्तै चुनौतीपूर्ण ट्र्याक मानिन्छ । यहाँ राइडरहरूको गति, नियन्त्रण र धैर्यताको कडा परीक्षण हुने अपेक्षा गरिएको छ ।
टीभीएस मोटर कम्पनीले टीभीएस रेसिङमार्फत विश्वभर नै मोटरस्पोर्ट्सको विकास र नयाँ पुस्ताका राइडरहरूलाई प्रोत्साहन गर्दै आएको छ ।








प्रतिक्रिया