सभामुखमा डोरप्रसाद अर्याल निर्विरोध निर्वाचित

168
Shares

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा सांसद डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । निर्धारित समयमा अर्यालबाहेकको उम्मेदवारी नपरेपछि उनी सभामुख बनेका हुन् ।

सांसद अर्याल हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति हुन् । उनले आजै उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिनिधि सभामा हाल रास्वपासँग करिब दुई तिहाइ बहुमत अर्थात् १८२ सिट छ ।

अर्याल यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको भूमिकामा रहिसकेका छन् । साथै, पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका बेला अर्यालले पार्टीको कार्यवाहक नेतृत्व सम्हालेका थिए ।

सभामुख बनेसँगै अर्यालले रास्वपाबाट राजीनामा दिनुपर्नेछ ।