नयाँ मन्त्री आएपछि सिंहदरबामा हुन्थ्यो भीड, अहिले सुनसान (तस्बिरहरू)

0
Shares

काठमाडौं । ‘जेनजी’ आन्दोलनपछि हाल देशले युवा नेतृत्व पाएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नेतृत्वमा १५ मन्त्रीले मन्त्रालयहरू सम्हाल्न सुरु गरेका छन् ।

चैत १३ गते प्रधानमन्त्री तथा मन्त्रीहरू शपथ लिँदै कार्यभार सम्हालेका छन् । देशले नयाँ प्रधानमन्त्री र मन्त्रीहरू पाउँदा मन्त्रालयहरूमा पहिलेको जस्तो चहलपहल, भीड देखिएको छैन । मन्त्रीहरूले मन्त्रालय सम्हालेसँगै हप्ता दिनसम्म बधाई र शुभकामना दिनेहरूको भीड लाग्ने गरेकोमा हाल मन्त्रालय सुनसानजस्तै देखिएको छ ।

कांग्रेस, एमाले, नेकपा लगायतका दलहरूबाट प्रधानमन्त्री र मन्त्री बन्नेहरुलाई स्वागत र बधाई दिने नेता कार्यकर्ताको सिंहदरबारमा केही दिन बाक्लो उपस्थिति हुने गरेको थियो ।

सरकारको नेतृत्व गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले नै बधाई र शुभकामनाका लागि नजान आग्रहसमेत गरेको थियो ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी ।