
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह पाँच वर्षभन्दा लामो समयसम्म पनि नेतृत्वमा रहन सक्ने बताएका छन् ।
शुक्रबार प्रधानमन्त्रीको शपथ लिएपछि बालेनले सिंहदरबारमा पदबहाली गरेका थिए ।
सभापति रवि लामिछानेले पहिलो मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले शाहको नेतृत्व निरन्तर पाँच वर्ष मात्र नभई त्योभन्दा बढी समयसम्म कायम रहन सक्ने सम्भावना व्यक्त गरे।
उनले शाहलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको उल्लेख गर्दै अब पार्टीले वाचापत्रमा गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने समय आएको बताए । साथै, सरकार आफ्ना घोषणापत्रभित्र रहेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
अहिले बालेन नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।








प्रतिक्रिया