प्रधानमन्त्री बालेनको शपथमा चार पूर्वप्रधानमन्त्री उपस्थित, ओली गएनन्

434
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको शपथग्रहण समारोहमा चार पूर्वप्रधानमन्त्रीको उपस्थिति देखिएको छ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित कार्यक्रममा पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल र बाबुराम भट्टराई सहभागी भएका थिए । त्यस्तै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी पनि उपस्थित थिए ।

तर पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली उक्त समारोहमा उपस्थित भएनन् । त्यसैगरी नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि कार्यक्रममा अनुपस्थित रहे, उनी हाल विदेशमा छन् ।