राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, आजै शपथ

140
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा बालेनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।

शाहले आजै १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिँदै छन् ।