एमालेले सांसदहरूलाई च्यासलमा बोलायो, ओलीले निर्देशन दिने

0
Shares

काठमाडौं । नेकपा (एमाले) ले नवनिर्वाचित संघीय संसद्का आफ्ना सांसदहरूलाई पार्टी मुख्यालय च्यासलमा बोलाएको छ ।

प्रतिनिधि सभाका सदस्यहरूलाई शपथग्रहण लगत्तै अपराह्न ३ बजे च्यासल पुग्न निर्देशन दिइएको छ । राष्ट्रिय सभाका सांसदहरूलाई समेत उक्त बैठकमा सहभागी हुन भनिएको छ ।

प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीको भूमिका तथा रणनीतिबारे सांसदहरूलाई ब्रिफिङसहित निर्देशन दिने कार्यक्रम तय गरिएको छ । पिताको निधनपछि ओली पहिलोपटक च्यासलस्थित पार्टी कार्यालय पुग्न लागेका हुन् ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी कुल २५ जना सांसद निर्वाचित भएका छन् ।

आज अपराह्न २ बजे शपथग्रहण सम्पन्न भएपछि सांसदहरू सिंहदरबारबाट सिधै पार्टी कार्यालय जाने तयारीमा रहेको एक सांसदले जानकारी दिएका छन् ।