अमेरिकी विशेष दूतले गरे रास्वपा सभापति लामिछानेलाई टेलिफोन, दिए बधाई

126
Shares

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई टेलिफोन गरी निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन् ।

चैत्र १० गते भएको उक्त टेलिफोन संवादमा गोरले रास्वपाको निर्वाचन जितप्रति शुभकामना व्यक्त गर्दै आगामी दिनमा नेपालसँग सहकार्य गर्न अमेरिका उत्सुक रहेको बताएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

संवादका क्रममा अमेरिकाले नेपालको नयाँ सरकारसँग मिलेर आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउने इच्छा व्यक्त गरेको बताइएको छ ।

रास्वपाले हालै सम्पन्न निर्वाचनमा करिब दुई तिहाइ सिटमा जित हासिल गरेपछि अन्तर्राष्ट्रिय तहबाट समेत शुभकामना आउने क्रम जारी रहेको छ ।