
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताएका छन्।
शुक्रवार पार्टी केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको बताए ।
पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने उनको टिप्पणी थियो ।
निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्तालाई उनले आग्रह गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थिरता, समृद्धि र विकास दिन आग्रह गर्दै लोकतन्त्रलाई संरक्षण गर्ने काममा काँग्रेसले सहयोग गर्ने केसीको भनाइ छ ।
उनले पार्टीका विगतका विकृति र विसंगतिहरू रातारात समाधान नहुने तर्क गर्दै ५० दिनको छोटो अवधिमा जादुई परिवर्तन खोज्नु व्यवहारिक नहुने भन्दै पार्टीलाई थापाको आवश्यकता रहेको बताए ।










प्रतिक्रिया