
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका छैनन् ।
गत फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी लिँदै थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका थिए ।
सोमबार दिउँसो १ बजेदेखि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको बैठकको अध्यक्षता उपसभापति शर्माले गरिरहेका छन् ।
निर्वाचनमा ३८ सिटमा खुम्चिएको कांग्रेसको यस बैठकमा थापाको राजीनामा र चुनावी हारको समीक्षालाई मुख्य एजेन्डा बनाइएको छ।










प्रतिक्रिया