
पोखरा । महिन्द्रा अटोमोबाइल्सको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले पोखराका लागि आधिकारिक बिक्रेता बीबी इन्कर्पोरेटेड प्रालिसँगको सहकार्यमा आफ्ना बहुप्रतिक्षित ‘इलेक्ट्रिक ओरिजिन’ एसयूभीहरू- बीई ६ र एक्सईभी ९ई पोखरामा आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
महिन्द्राको अत्याधुनिक ‘इन्गलो’ प्लेटफर्ममा आधारित र विश्वकै बौद्धिक आर्किटेक्चर मानिने ‘माया’ द्वारा सञ्चालित यी विद्युतीय गाडीहरूले पोखराको यातायात क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।
पोखराको मनिपाल, सेलवेज डिपार्टमेन्ट स्टोर, लेकसाइड र गण्डकी मेडिकल कलेजमा मार्च १७ देखि १९ सम्म गरिएको प्रदर्शनीपछि मार्च २० मा पोखरा इभेन्ट सेन्टरमा एक विशेष समारोहका बीच यी गाडीहरू सार्वजनिक गरिएको हो।
कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, रिसर्च एन्ड बिजनेस डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्रा इन्डियाका कन्ट्री हेड (नेपाल, बंगलादेश र भुटान) चैतन्य कागल्कर, अग्नि ग्रुपका एसयूभी प्रोडक्ट हेड रामेश्वर महर्जन, बीईभी प्रोडक्ट हेड सुरज राजवंशी, बीबी इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक शान्त राज बतास र निर्देशक सुलभ बतास लगायतको उपस्थिति थियो।
मुख्य विशेषता र प्रविधि
यी गाडीहरूमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ:
इन्टेरियर र डिजाइन: महिन्द्राको ‘हार्टकोर’ डिजाइन दर्शनमा आधारित यी गाडीहरूमध्ये बीई ६ मा ‘रेस-रेडी डिजिटल ककपिट’ छ भने एक्सईभी ९ई मा ११०.०८ सेन्टिमिटर चौडा सिनेमास्कोप ट्रिपल-स्क्रिन डिस्प्ले रहेको छ।
प्रविधि: यसमा क्वालकम स्न्यापड्र्यागन ८२९५ चिपसेट, ५जी कनेक्टिभिटी, एआर-बेस्ड भिजन-एक्स हेड-अप डिस्प्ले र १६ वटा स्पिकर भएको ‘सोनिक स्टुडियो बाई हर्मन कार्डन’ साउन्ड सिस्टम रहेको छ।
सुरक्षा: एडिएस लेभल २ र २+, ३६० डिग्री निगरानी क्यामेरा, ‘आईडेन्टिटी’ (ड्राइभर मोनिटरिङ सिस्टम) र ‘सेक्योर ३६०’ जस्ता सुरक्षा विशेषताहरू उपलब्ध छन्।
ब्याट्री र रेन्ज: ५९ किलोवाट आवर र ७९ किलोवाट आवरको एड्भान्स्ड एलएफपी ब्याट्री प्याकमा उपलब्ध यी गाडीहरूले एक पटकको फुल चार्जमा ६५६ किलोमिटर (एक्सईभी ९ई) र ५५७ किलोमिटर (बीई सिक्स) सम्मको रेन्ज (एमआईडीसी) प्रदान गर्छन्।
मूल्य र भेरियन्टहरू
कम्पनीले दुवै गाडीका विभिन्न भेरियन्टहरूको मूल्य समेत सार्वजनिक गरेको छ:
बीई सिक्स: यसको सुरुवाती मूल्य ५७ लाख रुपैयाँ तोकिएको छ। यो प्याक वान एभब प्याक टु र प्याक थ्री सेलेक्ट गरी तीन भेरियन्टमा उपलब्ध छ।
एक्सईभी नाइनई: यसको सुरुवाती मूल्य ६९ लाख रुपैयाँ तोकिएको छ। यो प्याक टु , प्याक थ्री सेलेक्ट र प्याक थ्री भेरियन्टमा उपलब्ध छ।
सार्वजनिक कार्यक्रममा बोल्दै अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले भने, “नेपालको दिगो विकास र ऊर्जा आत्मनिर्भरताका लागि विद्युतीय सवारीको प्रयोग एउटा महत्त्वपूर्ण कदम हो। पोखरा जस्ता क्षेत्रीय सहरहरूमा यस्ता अत्याधुनिक प्रविधि भित्र्याउन पाउँदा हामी गर्व गर्छौँ।”
कम्पनीले यी दुवै गाडीको ७९ किलोवाटआवर र ५९ किलोवाटआवर ब्याट्री प्याकमा ८ वर्ष वा २,००,००० किलोमिटर सम्मको वारेन्टी प्रदान गरेको छ। महिन्द्राले यी सबै भेरियन्टका लागि बुकिङ खुला गरिसकेको छ।










प्रतिक्रिया