एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल

49
Shares

काठमाडौं । एभरेष्ट बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धमा लक्ष्मी सन्‌राइज क्यापिटललाई नियुक्त गरेको छ ।

बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८’ जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात् एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुने बैंकले जनाएको छ । उक्त सम्झौतामा एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी सन्‌राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Skip This